Friday, February 5, 2016

माइक्रोसफ्टओ पछिल्लो अपडेटेड अफिस २०१६ – प्रमुख बिशेषताहरु

माइक्रोसफ्टको विन्डोज सशक्त पिसी अपरेटिङ सिस्टमको रुपमा विश्वभर प्रसिद्ध छ । यसैगरी, माइक्रोसफ्ट पनि उत्तिकै महत्पूर्ण प्रोग्राम ‘माइक्रोसफ्ट अफिस’ को लागि लोकप्रिय छ । माइक्रोसफ्ट अफिस केही समयको लागि अप्डेट गरिएको थिएन । तर, यही अक्टोबर २२ मा माइक्रोसफ्ट अफिसको एक प्रमुख अप्डेटको रुपमा यही अफिस २०१६ आएको छ ।
अफिस २०१६ दुई ओटा भर्सनमा आएको छ  । पहिलो पिसीहरुको लागि र अर्को विन्डोज १० हो जुन टचस्क्रिन ट्ब्लेटको लागि हुनेछ । विन्डोज १० का लागि पनि दुई फ्लेभरमा अफिस रिलिज हुनेछ । एउटा ८ इन्च वा सोभन्दा साना ट्याब्लेट तथा स्मार्टफोनको लागि र अर्को ८ इन्चभन्दा ठूला ट्याब्लेटहरुको लागि हुनेछ । माइक्रोसफ्टले म्याकका लागि अफिस २०१६ भने गत जुलाई ९ मा नै सार्वजनिक गरिसकेको छ ।
माइक्रोसफ्टको अनुसार, यस पटक अफिसको अनुभवलाई पुन परिकल्पना गदै पहिलो पटक मोबाइल र क्लाउडका लागि पनि अफिस २०१६ तयार गरेको छ । अफिस २०१६ मा आधुनिक कार्यमा सहयोग पुगोस् भन्ने हेतुले युजर इन्टरफेसमा परिवर्तन गरेको छ भने आवश्यक विभिन्न टुलहरु थपेको छ ।
office 2016-03

विन्डोजको लागि अफिस २०१६

विन्डोजमा रहेका नया फिचरहरुमा डेक्टपबाट सीधै क्लाउडमा फाइल create, open, edit, तथा save गर्न सकिनेछ । वर्डमा निर्देशन (command) का लागि नया सर्च टुल राखिएको छ । माइक्रोसफ्टले पावर पोइन्ट (PowerPoint) र एक्सेल (excel) लाई टेल मि (tell me) नामाकरण गरेको छ ।
Excel-formula-builder
त्यसैगरी, अफिस अनलाइनमा जोडिएका युजारहरुलाई रिअल टाइम को–अथरिङ (Real-time co-authoring) को पनि सुविधा रहेको छ । रिअल–टाइम को–अथरिङ भन्नाले उही डक्युमेन्टमा धेरै जनासाग हुनु र सबैले डम्युमेन्टमा को कहा छ भन्ने देख्न सक्दछन् । वास्तविक समयमा उनीहरुले गरेको परिवर्तन/सम्पादन पनि देख्न सकिन्छ । यसैगरी, वेबबाट सान्दर्भिक सूचना उपलब्ध गराउन बिङ (bing) ले विकास गरेको इन्साइट्स (Insights) फिचर पनि समावेश छ ।
एक्सेलका नया चार्टहरुमा ट्रिम्याप, सनब्रस्ट चार्ट, वाटरफल चार्ट, बक्स प्लट र हिस्टोग्राम रहेका छन् । अर्कोतर्फै, वर्ड, एक्सेल र पावर पोइन्टको डाटा जोगाउन डाटा लस प्रोटेक्सन फिचर पनि माइक्रोसफ्टले थपेको छ ।

म्याकको लागि अफिस २०१६

म्याकका लागि अफिस २०१६ मा रहेका नया फिचरमा रेटिना डिस्प्लेलाई सपोर्ट गर्ने रिबन (Ribbon) इन्टरफेस रहेको छ भने अफिस डक्युमेन्टको लागि नया सेयरिङ फिचर थपेको छ ।
वर्ड (word) मा भने नया डिजाइन ट्याब, इन्साइट फिचर र रिअल–टाइम को–अथरिङ रहेका छन् । यसैगरी, एक्सेलमा रेकमेन्डेड चार्ट फिचर, पिभोट टेबल स्लाइसर्स (PivotTable Slicers) रहेका छन् । पावर पोइन्टतर्फ विभिन्न कलर थिम स्किमको लागि थिमका विभिन्न भर्सन छन् । आउटलुकमा एकपछि अर्को गर्दै पात्रो हेर्न र पात्रोमा मौसमको जानकारी दिन प्रपोज न्यु टाइम (Propose New Time) नामक फिचर समावेश छ ।
office-mac

डिजाइन

माइक्रोसफ्टले अफिस २०१६ को युजर इन्टरफेस डिजाइनमा अघिल्लो भर्सन अफिस २०१३ मा भएको भन्दा खासै परिवर्तन गरेको छैन । अफिस २०१६ मा तीन वटा थिम (theme) रहेका छन् । यसको डिफल्ट थिमा रंगिन छ । त्यसैगरी, अफिस २०१३ मा भएका ‘वाइट’ र ‘डार्क ग्रे’ थिमहरु पनि यसमा समावेश छन् । तर, कुनै पनि ब्याकग्राउन्ड भने थपिएको छैन भने पुरानो ब्याकग्राउन्डलाई पनि हटाइएको छैन ।

अफिस २०१६ का मूख्य फिचरहरु

microsoft-office-2016
आउटलुकमा ठूलो परिवर्तन

माइक्रोसफ्टले क्लाउडमा केन्द्रित भएर अघिल्ला भर्सनम रहेका समस्याहरुलाई समाधान गर्ने कोसिस गरेको छ । विशेषत: फाइल अट्याचमेन्टको सन्दर्भमा निकै परिवर्तन गरेको छ । नया इमेल अट्याच्मेन्ट बाट फाइल थप्न अफिस २०१६ मा वान ड्राइभ (ONe Drive रहेको फाइल पनि अट्याच गर्न सकिने छ । यसैगरी, सेयरपोइन्ट (SharePoint) मा रहेका फाइलहर पनि सेयर गर्न सकिने छ ।

वर्डमा रिअल–टाइम को–इडिटिङ

माइक्रोसफ्टले गुगल डक (Google Doc) युजरहरुले केही वर्ष यता प्रयोग गर्दै आएका रिअल–टाइम को–इडिटिङ फिचर थप गरेको छ । माइक्रोसफ्टले यो फिचर अफिस अनलाइनमा चलाउन सकिने सुविधा राखेको छ । तर, उसले यो फिचरलार्य अफिस २०१६ एप्लिकेशनमा विस्तार गरिने पनि जनाएको छ । माइक्रोसफ्टका अनुसार यो फिचरबाट एउटै पेजमा रहेर टाढा रहेको समूहसग पनि सहकार्य गर्न तथा सहयोग गर्न सकिने छ ।

powerpoint_office2016-970-80

टेल मि बक्समा टाइप गरेर दोस्रो मनिटरमा कसरी तपाइको स्क्रिन देखाउने, एक्सेलमा कसरी ग्राफ्स बनाउने वा वर्ड डक्युमेन्टमा कसरी वाटरमार्क राख्ने जान्नु परेमा वा सहयोग चाहिए समधान प्राप्त गर्न सक्नुहुन्छ

छिटो उत्तर पत्ता लगाउन क्वेरी बक्स (Query Box)

प्रयोगकर्तालाई अझ बढी उत्पादनशिल बनाउन माइक्रोसफ्टले अफिस २०१६ मा रहेको प्रोग्राम टाइटल बारको थिल्लो भागको बीचमा टेल मि (Tell Me) नामक बक्स राखेको छ । टेल मि बक्समा टाइप गरेर दोस्रो मनिटरमा कसरी तपाइको स्क्रिन देखाउने, एक्सेलमा कसरी ग्राफ्स बनाउने वा वर्ड डक्युमेन्टमा कसरी वाटरमार्क राख्ने जान्नु परेमा वा सहयोग चाहिए समधान प्राप्त गर्न सक्नुहुन्छ । त्यसैगरी, तपाईले वर्डमा टाइप गर्दै गर्दा दाइने भागमा सिधै विकिपेडिया देख्न सक्नुहुन्छ । यसमा टाइप गरेर तपाइले कुनै शब्दको अर्थ तथा कुनै कुरा ब्राउजमा नगइकन तुरुन्तै प्राप्त गर्न सक्नु हुनेछ ।

डाटाको सुरक्षा (Data Loss Protection)

युजरका डाटा चोरी र चुवावट रोक्न माइक्रोसफ्टले अफिस २०१६ मा सुरक्षामा निकै बढाएको छ । यसको लागि कम्प्युटरको एड्मिनिस्ट्रेटरहरुले वकर्ड, एक्सेल तथा पावर पोइन्टमा लस डाटा प्रोटेक्सन पोलिसी  सक्रिय गर्न सक्नेछन् । व्यवस्थापकिय तहबाट हेर्दा यसरी यो पोलिसीले डाटा चुवावट रोक्न एड्मिनिस्ट्रेटरहरुलाई अफिस २०१६ एप्लिकेशनबाट बहिर अरुलाई फाइल पठाउन, डाटा कपी (copy) र पेस्ट (paste) रोक्न वा निषेध गर्ने अनुमति प्रदान गर्दछ ।
                                                                                                          Source:http://livingwithict.com

Sunday, September 27, 2015

गुगलले नेपालमा पहिलोपटक ‘आफ्नो भाषालाई माया गरौं’ अभियान सञ्चालन गर्दै

गुगलले नेपालमा पहिलोपटक ‘आफ्नो भाषालाई माया गरौं’ अभियान सञ्चालन गर्दै

गुगलले नेपालमा पहिलोपटक ‘आफ्नो भाषालाई माया गरौं’ अभियान सञ्चालन गर्दै
गुगलले नेपालमा पहिलोपटक ‘आफ्नो भाषालाई माया गरौं’ कार्यक्रम गत मंगलबार सेप्टेम्बर २२ देखि सेप्टेम्बर ३० सम्म गर्दैैछ । यो अभियान घर–घरमा, वेबमा र संसारभर नेपाली वक्ताहरुका लागि भाषाको कठिनाई कम गर्दै थप सहज बनाउने प्रयास हो ।
गुगलले अनलाइन नेपाली अनुवादको गुणस्तरमा सुधार गर्न नेपाली अनुवादकहरु, भाषा विशेषज्ञरु र भाष प्रेमीहरुलाई आमन्त्रण गरेको छ । गुगल एसिया प्यासेफिक, पब्लिक अफेयर र न्यु इमर्जिङ मार्केट्स कम्युनिकेशनकी एमी कुनरोज्पान्या भन्छिन्, ‘हामीलाई विश्वास छ, नेपाली प्रयोगकर्ताहरुको हातमा गुगलको उपकरणले यो देशको लागि, यहाँका मानिसका लागि र नेपाली भाषाका लागि नेपालीमा उपयोगी वेब बनाउन मद्धत गर्नेछ । हामी ‘आफ्नो भाषलाई माया गरौं’ अभियान सुरु गर्दैछौं, जसले गुगल अनुवादकको प्रविधि ‘नेपाली भाषा’ मन पराउने समुदायमाझ खुला गर्नेछ र सबै मिलेर हामीले नेपाली अनुवादनको गुणस्तर वद्धि गर्न सक्नेछौं । जसले नेपाली भाषा र संस्कृतिको उन्नति र संरक्षणमा मद्धत पुग्नेछ ।’love your language 1
गुगल अनुवादक ‘सामुदायिक औजार’ एक नि:शुल्क क्राउडसोर्सिङ अनुवाद औजार हो, जसले केही क्लिक र स्वाइपमा नै काम गर्दछ । त्यो पनि जुनसुकै उपकरणहरु जस्तै मोबाइल, ट्याब्लेट या ल्यापटपमा र तपाईंको केही मिनेटको योगदानले विश्वभर रहेका लाखौं नेपालीहरुलाई उत्तम अनुवाद प्राप्त गर्न सहयोग गर्नेछ । गुगलले नेपालीमा ह्यान्डराइट (हस्तलेखन) पनि सार्वजनिक गरेको छ जसले तपाईंले कागजमा लेख्नु भएजसरी नै सरल रुपमा तपाईको औंला या स्टाइलिस कलम प्रयोग गरेर, तर्पांको फोन र सजिलो लाग्दैन, या जेष्ठ नागरिकहरु जसको लागि टाइप गर्नु एक चुनौती हो, गुगल ह्यान्डराइट एक औजार बनेर आएको छ । जसले सबैको वेब र खुला विश्वमा पहुँच पुऱ्याउन सहयोग गर्छ ।love your language
गुगलको काठमाडौंमा सेप्टेम्बर २२ देखि सेप्टेम्बर ३० सम्म ल्याङवेज टेक्नोलोजी सेन्टरसँगको सहकार्यमा र अरु ४० भन्दा बढी स्थानीय शिक्षण संस्थाहरु, संघहरु र व्यावसायिक संगठनहरुको सहकार्यमा आफ्नो भाषालाई माया गरौं ट्रान्सलेटाथनको श्रंखला आयोजना गर्दैछ । यदि तपाईं यो कार्यक्रममा आउन सक्नु भएन भने पनि transate.google.com/community मा जानुहोस् र कार्यक्रममा रमाइलोका साथ भाग लिनुहोस् । फेरि एकपटक कुनरोज्पान्या भन्छिन्, ‘यदि तपार्इं इन्टरनेट चलाउन सक्नुहुन्छ भने कुनै पनि उपकरणबाट अनलाइन गएर नेपाली सामग्रीको सुधार गर्न सक्नुहुन्छ । तपाईंको केही क्षण र प्रतिक्रियाले लाखौंको मद्धत पुग्नेछ ।’
यसै अवसरमा गुगलले भाषाविद्हरू नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. जिवेन्द्रदेव गिरी, अनुसन्धानकर्ता भिमनारायण रेग्मी र ल्यांग्वेज टेक्नोलोजी सेन्टरका अध्यक्ष आनन्दराज खनालसँग नेपाली भाषालाई अनुवादमा समावेश गर्नेबारे छलफल गरेको थियो ।love your language 2